२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्षले पार्टी छाड्दा पर्ने प्रभावबारे छलफल हुने


0
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा केही दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

यसअघि सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदलाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटीले निर्णय गरेको थियो । तर ती सांसदहरूलाई पत्र पुगिसकेको छैन ।

पत्र पुगेको २४ घण्टाभित्र स्पष्टीकरण दिइसक्न एमालेले निर्देशनसमेत दिएको थियो । हिजो सातै प्रदेशका पार्टी कमिटी प्रमुखहरूले प्रदेशमा पार्टीको संगठनात्मक अवस्थाबारे बिफ्रिङ गरेका थिए ।

यस्तै बैठकमा पार्टीबाट वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छाडेर जाने अवस्था आएमा संगठनमा के–कस्ता प्रभाव पर्न सक्छन् भन्नेबारे छलफल भएका थिए ।

केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पक्ष भने सहभागी छैन ।