१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल समूहको निर्णायक बैठक आज बस्दै


0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको ‘निर्णायक’ भनिएको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने आफ्नो पक्षका सम्पूर्ण सांसद तथा केन्द्रिय सदस्यहरुसहितको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत माग्दा नेपाल पक्षका केही संसदहरुले मतदान बहिष्कार गरेका थिए भने केहीले सरकारको समर्थनमा भोट हालेका थिए ।

केपी ओली पक्षका ८ जना सांसदले पनि देउवालाई समर्थन गरेका थिए । उनीहरुलाई पनि आजको बैठकमा बोलाइएको छ । पार्टी फुटाउने या नफुटाउने भन्नेमा यो बैठक निर्णायक हुने नेताहरुले बताएका छन् ।