२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


८१ किलो गाँजा सहित राक्सिराङका नेगी पक्राउ


0
Shares

हेटौंडा । मकवानपुर प्रहरीले ठुलो मात्रामा गाँजा सहित एक जना पक्राउ गरेको छ ।

बुधबार बिहानको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट गएको प्रहरी टोलिले मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा रोकेर राखेको ना ८ ख ८२८४ नम्बरको ट्रकमा ८१ किलो ३५० गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायक उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।

प्रहरीले गाँजा सहित ट्रक चालक मकवानपुरको राक्सिराङका ४२ वर्षका बाबुराम नेगीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।