१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद बिस्तार गर्न सकस


0
Shares

sherbahadur deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक साता बितिसकेको छ ।

आफू नियुक्त भएको एक साता बितिसक्दा पनि प्रधानमन्त्री देउवाले चार जना मन्त्री मात्र नियुक्त गरेर सरकार सञ्चालन गरिरहनुभएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपालगायतका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका देउवाले गठबन्धनको सहमतिमा सरकार विस्तार गर्ने बताएपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा मन्त्री बन्ने आकांक्षी धेरै भएसँगै सरकारले पूर्णता पाउन नसकेको हो ।

यस्तै निर्वाचन आयोगमा आधिकारीकताको विषय टुंगो नलागेकाले जसपाले पनि तत्कालै सरकारमा जान चासो देखाएको छैन ।

तर प्रधानमन्त्री देउवा र माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने एमाले नेता नेपाल पक्षलाई सरकारमा सहभागी हुन दवाव दिइरहेका छन् ।

गठबन्धनले नेता नेपाललाई दल विभाजनका लागि सहज बनाउने भन्दै सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।