२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


देउवा र ठाकुरबीच भेटवार्ता, ठाकूर समूहपनि सरकारमा सहभागी हुन सक्ने


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ ।

यी दुई नेताबीच आज बिहान प्रधानमन्त्री निवास बाुलवाटारमा भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

जसपाले प्रधानमन्त्री देउवालाई विश्वासतको मत दिने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ ।

आज प्रधानमन्त्रीसँगको भेटमा दुवै नेताबीच यस विषयमा पनि छलफल भएको बताइएको छ ।