१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वरिष्ठ कलाकार उत्तम नेपालीको निधन


0
Shares

काठमाडौं । वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ ।

तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सको समस्या भएका ८५ वर्षीय नेपालीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।

अमूर्त चित्रकलामा सिद्धहस्त कलाकार नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यसमेत हुनुहुन्थ्यो । काठमाडौंको किलागल टोलमा १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीले चौध पटकभन्दा बढी एक चित्रकला प्रदर्शनी गर्नुभएको थियो ।

कवि र साहित्यकारको मुहारचित्र बनाइ प्रदर्शन गर्ने उहाँ राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पटकबाट सम्मानित हुनुभएको थियो । उहाँ श्रीमती, दुई छोरा र दुई छोरी छन् ।