१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिलवाउकी बक्सलाई ५० वर्षपछि बास्केटबलको उपाधि


0
Shares

एजेन्सी । मिलवाउकी बक्सले ५० वर्षपछि बास्केटबल प्रतियोगिता एनबीएको उपाधि जितेको छ ।

बुधबार भएको फाइनलम फोइनेक्स सन्सलाई पराजित गर्दै मिलवाउकीले उपाधि जितेको हो । फाइनल खेलमा मिलवाउकीले फोइनेक्सलाई १०५–९८ स्कोरले पराजित गर्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो क्वार्टरमा मिलवाउकीले २९–१६ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा फोइनेक्सले ३१–१३ को अग्रता बनायो । त्यसपछि तेस्रो क्वार्टरमा ३५–३० र चौथो क्वार्टरमा २८–२१ को अग्रतासहित मिलवाउकीले उपाधि आफ्नो बनाएको हो ।

यस अघि मिलवाउकीले सन् १९७१ मा उपाधि जितेको थियो ।