
एजेन्सी । भारतलगायत पुरै विश्वमा नै कोरोना संक्रमणको दर दिनानु दिन बढेको छ । भारतमा दैनिक ४० हजार आसपासमा नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
यस्तै विश्वभर पछिल्लो एक हप्तामा ३४ लाख नयाँ संक्रमितका फेला परेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो हप्ता कोरोना भाइरसको ३ करोड ४ लाख भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।
यो पछिल्लो हप्तामा भेटिएका संक्रमितमध्ये १२ प्रतिशत बढी हो । तर, संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सीका अनुसार कोरोनाबाट मर्नेको संख्यामा भने लगातार कम हुँदै आएको छ । पछिल्लो हप्ता विश्वभर लगभग ५७ हजारको मृत्यु भएको थियो ।
कोभिड १९ का बढी संक्रमित पश्चिम प्रशान्त र युरोपियन देशहरुमा बढी छ । डब्लुएचओले पछिल्लो हप्ता भने अनुसार कोरोनाका सबै भन्दा ज्यादा सक्रमित इन्डोनेसिया, ब्रिटेन, ब्राजिल भारत र अमेरिकामा पाइएको छ ।
भारतमा दास्रो लहरका पश्चात गरिएको एक सर्वेक्षरणमा ४० करोड बढी मानिसहरु कोरोनाको जोखिममा छन् ।
प्रतिक्रिया दिनुहोस्