१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि प्रहरी र प्रशासनलाई गृहको परिपत्र


0
Shares

काठमाडौं । लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ ।

विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायका परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षार्थीको आवागमनलाई ध्यानमा राखेर सवारी सञ्चालनका लागि सहजीकरण गरिदिन परिपत्र जारी गरेको मन्त्रालयले बताएको छ ।

परिपत्रमा जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरी मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साल र ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर गृहले मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो ।

साउन ४ मा मन्त्रिपरिषद बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ ।