
काठमाडौं । राष्ट्रिय सभा सदस्य उदया शर्मा पौडेलले विद्यार्थी, अपांग र जेष्ठ नागरिकलाई यातायातमा छुट दिन छाडिएको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै पौडेलले कोभिड र पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिलाई कारण देखाएर सार्वजनिक यातायातमा छुट दिन छाडिएको भन्दै छुट पाउने अधिकारबाट वञ्चित नगराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय सभा सदस्य पाैडेलले सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ भएको बताउँदै कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गराउन पनि सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएका कारण चिन्ता थपिएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्