
काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलेन्टियर (पिभी) घोषणा गर्नुभएको छ ।
बिहीबार भक्तपुर सुर्य विनायकस्थित थापा पार्टी प्यालेसमा युवा संघ नेपालले आयोजना गरेको ४३औं पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले १ हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा गर्नुभएको हो ।
पिपुल्स भोलेन्टियरको प्रमुखमा शिव श्रेष्ठ तथा सचिवमा मनोज खत्रीलाई जिम्मेवारी दिइएको वरिष्ठ नेता नेपालले कार्यक्रममा जानकारी गराउनुभयो । पिपुल्स भोलेन्टियर घोषणा गर्दै उहाँले यो कम्युनिष्ट विचारबाट अघि बढ्ने बताउनुभयो । उहाँले युवाहरुलाई मानिसमा हुनुपर्ने राम्रो गुणहरु सिक्न र नराम्रो बानी त्याग पनि आग्रह गर्नुभयो ।
भोलेन्टियरले अरुले जे गर्छ त्यो नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । आफुहरू हिम्मतिलो र परिवर्तन गर्न चाहने युवा पंक्ति तयार गर्न चाहेको उल्लेख गर्दै युवाहरूले जनसेवा, देशभक्ति र लोकतन्त्रकाले लागि अघि बढ्न अपिल पनि गर्नुभयो । उहाँले पिपुल्स भोलेन्टियर कम्युनिष्ट विचारधाराबाट अघि बढ्ने बताउनुभयो ।
वरिष्ठ नेता नेपालले आफूहरूसँग सहि विचार भएको उल्लेख गर्दै सहि विचार हुनेहरू आत्तिनुपर्ने आवश्यकता नभएको बताउनुभयो । सहि विचारको पक्षमा हजारौं मान्छे पछि लाग्ने पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्