
म्याग्दी । म्याग्दीका कृषकहरुले गरेको व्यवसायिक केराखेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि कृषक चिन्तित भएका छन् ।
गत चैतमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको केराखेती तङ्ग्रिन नपाउँदै पुनः रोग फैलिएपछि केराखेती गरेका कृषक चिन्तित भएका हुन् ।
पश्चिम म्याग्दीको मंगला, मालिका, धौलागिरी गाउँपालिका र बेनी नगरपालिकाको खबरा, बगरफाँट, सिंगा, थामडाँडालगायतका विभिन्न क्षेत्रमा गरिएको व्यवसायिक केराखेतीमा किरा र रोगको प्रकोप देखिएपछि कृषक मारमा परेका छन् ।
केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खपटे घुन र गवाँरो रोगले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् ।
बगरफाँट र खबरामा मात्रै ४ सय रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्