१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


त्रिखंडी झरनामा पर्यटकको संख्या बढ्दै


0
Shares

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–२ त्रिखंडीस्थित त्रिखंडी झरनामा आउने आन्तरिक तथा भारतीय पर्यटकको संख्या बढ्दैछ ।

प्रायः गर्मीको मौसममा यस झरनामा नुहाउन, भिडियो बनाउन, फोटो खिच्न, टिकटक बनाउन युवायुवती तथा अन्य पर्यटक परिवारसहित आउने गर्दछन् ।

त्रिखंडी झरनाको शितलताबाट आनन्दित हुने भएकाले पर्यटकहरु यहाँ बारम्बार आउने गर्दछन् । हेटौडाबाट १० किलोमिटर उत्तरतर्फ त्रिभुवन राजपथ नजिकै रहेको त्रिखंडी झरना हेर्न हेटौंडा, चितवन, वीरगन्ज, कलैया तथा भारतको बिहारबाट पनि पर्यटकहरु आउने गर्छन् ।