७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


स्याङ्जामा साउन २२ सम्म निषेधाज्ञा थपियो


0
Shares

स्याङ्जा । स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

साउन ७ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर साउन २२ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ ।

निषेधाज्ञा खुकुलो पार्दै पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर निजी तथा सरकारी र सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने बताइएको छ ।