१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अनसन बसेको नेता कार्यकर्ताको माग तत्काल सनुवाइ गर्न समितिलाई देउवाको निर्देशन


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानविन निष्पक्ष ढंगले गर्न दवाव स्वरुप अनसन बस्दै आएका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाइ गर्न क्रियाशील सदस्यता छानविन समितिलाई निर्देशन दिनुभएको छ ।

बुढानिलकण्ठमा शुक्रबार बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले धाँधलीरहित ढंगले अनसनरत नेता, कार्यकर्ताहरूको माग सुुनुवाई गरी शनिबारको पदाधिकारी बैठकमा पेश गर्न समितिलाई सचेत गराउनु भएको हो ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले साउन १० गते आइतबार आफ्नो समितिको प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरिएको जानकारी दिनुभयो । कांग्रेसले भोलि बिहान बोलाउने पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।

बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन सुरु गर्न सकिने भएकाले त्यसको मिति सार्न पदाधिकारी बैठकमा प्रस्ताव राख्नुभएको थियो ।