
काठमाडौं । जनता समाजवादी पार्टीको नेता अनिलकुमार झाले पार्टीले अघि सारेको मागको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठमा सांसद्समेत रहनुभएका नेता झाले प्रधानमन्त्रीले आफूहरूसँग गरेको सहमति र वाचा पूरा गर्न आग्रह गर्नुभएको छ ।
उहाँले नेपाल–भारत सीमाना तत्काल खोल्न, स्थानीय तहमा कर्मचारीको परिपूर्ति गर्न, मधेश आन्दोलन क्रममा मुद्दा लागेकाहरूको रिहाइ, नागरिकता सम्बन्धी विधेयक अघि बढाउन र संविधानको संशोधनको प्रस्ताव अघि सार्न देउवा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
झाले नवनियुक्त प्रधानमन्त्रीबाट आफ्ना मागहरूको सम्बोधन हुने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामनासमेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्