
एजेन्सी । घरेलु टिम श्रीलंकाले तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ । कोलम्बोमा गएराति भएको खेलमा श्रीलंकाले भारतलाई डीएल पद्धतिको आधारमा ३ विकेटले हराएको हो ।
तेस्रो खेलमा पराजित भए पनि भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ । यसअघिको दुई खेलमा भारत विजयी भएको थियो । भारतले दिएको २ सय २७ रनको लक्ष्य श्रीलंकाले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो ।
श्रीलंका अभिस्का फर्नान्डोले ७६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै भानुका राजपाक्षेले ६५ रनको अर्धशतकीय इनिङ्ग खेल्दा चारिथ आशलंका २४ रनमा आउट भए । रमेश मेन्डिस १५ रनमा अविजित रहे ।
बलिङमा भारतका राहुल चाहरले ३ विकेट लिए । यस्तै चेतन शकरियाले २ तथा कृष्णपा गोथाम र हार्दिक पाण्डेयले १÷१ विकेट लिए । यसअघि वर्षाको कारण ४७ ओभरमा झारिएको खेलमा भारतले ४३ ओभर १ बलमा अलआउट हुँदै २ सय २५ रन बनाएको थियो । तर, डीएलको आधारमा श्रीलंकाले २ सय २७ रनको नयाँ लक्ष्य पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्