
एजेन्सी । अजरबैजानको अदालतले अर्मेनियाका सशस्त्र सेनाका १३ जनालाई ६ वर्षको जेल सजाय सुनाएको छ । अदालतको उक्त फैसलाप्रति अर्मेनियाले हालसम्म कुनै प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
गत वर्ष अर्मेनिया र अजरबैजानबीच युद्ध भएको थियो । सो क्रममा अजरवैजानको सेनाले अर्मेनियाको फैजलाई नाघोर्नो काराबाखबाट नियन्त्रणमा लिएको थियो । डिसेम्बरमा युद्धविराम भएपछि पनि अर्मेनियाले आफ्नो क्षेत्रमा गैरकानुनी रुपमा प्रवेश गरेको भन्दै ६० भन्दा बढी अजरबैजानका सेनालाई नियन्त्रणमा लिएको थियो ।
तीमध्ये केहीलाई तत्कालै रिहा गरिएको थियो । अदालतको फैसलासँगै ती सैनिक अधिकारीहरुले जेल समाजय भुक्तान गरेपछि मात्र स्वदेश फिर्ता पठाइने अधिकारीहरुले जनाएका छन् । अर्मेनियाका कार्यबाहक प्रधानमन्त्री निकोल पशिन्यानले अदालतको फैसलाअघि अजरबैजानबाट आएका सेनाको बारेमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग पनि छलफल गरेको बताइएको छ ।
यसै महिनाको सुरुमा अदालताले १४ जना अजरबैजानका सेनालाई जेल चलान गरिसकेको छ । रुसका मध्यस्थतापछि अजरबैजानको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नागोरोनो काराबाखमा युद्धविराम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्