१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


माइस्थानमा हवन गर्दै गुरुपूर्णिमा मनाइयो


0
Shares

वीरगञ्ज । गुरुहरूको सम्मान र माइस्थानमा हवन गर्दै वीरगञ्जमा गुरुपूर्णिमा मनाइएको छ ।

मन्दिरअगाडि रहेको फूलापाति परिसरमा शंकराचार्यपीठ परिषद्ले जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द महराजको पूजाआर्चना गर्दै हवनपाठ गरेको हो । कार्यक्रममा गुरुजी लगायत समाजका अगुवा र बुद्धिजीवीहरूलाई सम्मान गरियो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले हिन्दुधर्ममाथि अनेकौँ प्रकारको आक्रमण भइरहेको भन्दै सनातनको सम्वर्द्धन तथा प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न क्याम्पस, विद्यालयका गुरुज्यू र समाजका अगुवा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।