
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिनुभएको छ ।
शनिबार युथ फोर्सको भ्याली कमाण्डको घोषणा र शपथग्रहण कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघका इन्चार्ज समेत रहेका नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमालेलाई फुटाउने षड्यन्त्र भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याइयो भने देशभरि अगो बल्छ ।’
बस्नेतले सत्तारुढ गठबन्धनसँग १ सय २९ सांसद्मात्र भएको दाबी गर्दै राष्ट्रपतिमाथि महाअभियोगको विषयमा नसोच्नसमेत चेतावनी दिनुभएको छ । भ्याली कमाण्ड घोषणाअघि युथ फोर्सले काठमाडौंका विभिन्न स्थानबाट मार्चपास निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्