
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आपतकालीन कोषबाट अफगान शरणार्थीका लागि दश करोड अमेरिकी डलर सहयोगको स्वीकृति दिनुभएको छ ।
व्हाइट हाउसका अनुसार अमेरिकाले घोषणा गरेको उक्त सहयोग रकम अफगान शरणार्थीको रेखदेखमा खर्च गरिनेछ । अमेरिकाले तालिबानको जोखिममा रहेका अफगानलाई अमेरिका लग्ने तयारी गर्दैछ । जस अनुसार ‘विशेष अध्यागमन भिसा’को व्यवस्था गरिएको छ ।
अफगानिस्तानबाट पहिलो खेपमा जोखिम अफगान नागरिक जुलाई महिनाकै अन्त्यसम्म अमेरिका लगिनेछ । उनीहरूलाई अमेरिकाको भर्जिनियास्थित फोर्ट ली सैन्य शिविरमा राखिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि, शुक्रबार मात्रै व्हाइट हाउसले तालिबानले लक्षित गरेका आठ हजार अफगानलाई अमेरिका ल्याउन सकिने गरी ‘विशेष अध्यागमन भिसा’ जारी गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्