१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जीवन प्याकुरेलको ‘चाहना के के छ’ मा रामजी र करिश्मा


0
Shares

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ ।

शनिबार गायक रामजी खाँडको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा कञ्चन सारु मगरको महिला स्वर छ । कमल सौरागको संगीत संयोजनमा बनेको गीतलाई कुमार रानाले मास्टररिङ र मिक्सिङ गरेका हुन् ।

सुन्दर शब्द र संगीतमा बनेको गीतको भिडियो पनि शानदार बनेको छ । स्मृति तिमिल्सीनाको निर्देशनमा बनेको गीतको भिडियोमा गायक खाँडसँगै करिश्मा ढकाल र इभाना तामाङको अभिनय छ । सुरेश श्रेष्ठले खिचेको भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन् ।