१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


टोकियो ओलम्पिक : तिन स्वर्णसहित चीनको अग्रता, आज १८ स्वर्ण पदकको टुंगो लाग्ने


0
Shares

एजेन्सी । टोकियो ओलम्पिकमा अहिलेसम्म तिन स्वर्ण पदक जितेर चिनले अग्रता लिएको छ ।

एक एक वटा स्वर्ण पदक तथा एक एक वटा रजत पदक जितेका इटाली र जापान क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

३२ औं ग्रिष्मकालिन ओलम्पिकको पहिलो दिन हिजो ९ देशले स्वर्ण पदक जितेका छन् । रजत र कास्य पदक समेत गरि कुल २८ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

टोकियो ओलम्पिकको दोस्रो दिन आज विभिन्न ९ खेलका १८ स्वर्ण पदकको छिनोफानो हुनेछ । ओलम्पिकमा पहिलो पटक समावेश गरिएको स्केटबोर्डीङ खेलको पहिलो खेल आज हुँदैछ ।

यसैगरी आज पौडी, आर्चरी, साईक्लीङ, डाइभिङ, फेन्सीङ, जुडो, सुटिङ, तेक्वान्दो र भारत्तोलन खेलमा स्वर्ण पदकको भिडन्त हुादैछ ।