
दिलिप कुमार यादव
कपिलवस्तु । राजकुमार सिद्धार्थले राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षणको गन्तब्य बनाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाईएको छ ।
कोरोना भाइरस संक्रमणले थलिएको नेपालमा पर्यटककालागि स्वागत गर्न तयार रहेको सन्देश दिन असार पुर्णिमाका दिन मध्यराति १२ बजे सिद्धार्थ राजदरबार छाडेको घटना स्मरण गरि महाभिनिष्क्रमण दिवस मनाईएको हो ।
तौलिहवाका शाक्यकुलका सिद्धार्थ शाक्य घोडामा चढेर पुर्वी द्वारबाट दरबार छाडेको देखाईएको थियो । पिस टर्च देखाउदै सिगारिएको घोडामा २९ वर्षका युवाले दरबार छाड्दै गरेको दृष्य निक्कै रोमाञ्चक थियो । तीन वटा घोडामा पालैपालो नेपाल पर्यटन बोर्डका पदाधिकारी र स्थानीय घोडा चढेर सांकेतिक रुपमा दरबार बाहिर निस्केका थिए ।
असार पुर्णिमा कै दिन गौतम बुद्धले आप्ःनो गृह त्याग गरि सेतो कन्थक घोडामा चढेर पुर्वीद्धाराबाट निस्केका थिए । सोही क्षणलाई स्मरण गर्दै पुर्णिमाको दिन राति १२ बजे त्यसको झल्को दिने उद्देश्यले कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका सद्भावना राजदुत विक्रम पाण्डेले बताउनुभएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारीले कार्यक्रममा बुद्धको झल्को दिएकोले यस ठाउँको प्रचारप्रसार भए पनि पर्यटकलाई यहाँ बस्नाको लागि यहाँ नै बासोबाँस गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
बुद्धिष्ट सरकिटस् डटकम र कपिलवस्तु टुरिजमले पर्यटन प्रबद्र्धन गरि नयाँ पर्यटकीय गन्तब्यको विकास गर्न तीन वर्षदेखि मध्य रातिमा दिवस मनाउँदै आएको छ । सो अवसरमा २ हजार ६ सय १६ औं गृह त्याग गरेको घटना स्मरण गर्दै देखाईएको थियो । असार पूर्णिमाका मध्य रात राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्थामा राजशी सुखसयल त्याग गरेर दरबार छाड्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्