
काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बदली भएर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण महाकाली, नारायणी र यिनका सहायक नदीमा आज पानीको वहाब बढ्ने देखिएको छ ।
यस्तै कोशी र कर्णालीका सहायक नदीमा सामान्य पानीको बहाब घटबढ हुने पूर्वानुमान गरिएको छ ।
सिन्धुपाल्चोक, धादिङ, गोरखा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, कैलाली आसपासका नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब बढ्ने पूर्वानुमान छ ।
तटीय क्षेत्रमा रहेका सबैलाई सतर्कता अपनाएर बस्न सबैमा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्