
भरत शर्मा
पाल्पा । खानेपानी तथा सरसफाई डिभिजन कार्यलय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको श्रमदानमा गाउँका १५० घरमा स्वच्छ खानेपानी पुगेको छ ।
स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि यहाँका स्थानीयहरु अहिले उत्साहित भएका छन् । खानेपानी लिनका लागि घरायसी काम छोडेर घण्टौं समय विताउनुपर्ने बाध्यता हटेको स्थानीयहरु बताउँछन् ।
खानेपानी समस्याको समधान भएपछि धाराबाट खेर गएको पानीको उपयोग गरी यहाँका स्थानीयले व्यवसायिक तरकारी खेतीको समेत सुरुवात गरेका छन् । बस्ती भन्दा ५ सय मिटर तलबाट लिप्टिङ गरि यहाँका प्रत्येक घरमा खानेपानीको धारा पु¥याइएको छ ।
खानेपानीको सुविधा पुगेपछि स्थानीयहरुको स्वस्थ्य तथा सरसफाई र वातावरणीय क्षेत्रमा समेत सुधार आएको खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्राविधिक शोभाकान्त अधिकारी बताउँनुहुन्छ ।
स्थानीय र नेपाल सरकारको ६५ लाख रुपैंया लागतमा खानेपानी योजना सम्पन्न गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका सुचना अधिकारी विधान अर्याल बताउनुहुन्छ ।
खानेपानीको सुविधा पुगेपछि स्थानीयले व्यवसायिक कृषितर्फ उन्मुख हुन निकै सघाउ पुग्ने देखिन्छ । लिप्टिङ खानेपानीको योजना सम्पन्न भए पनि दिगो व्यवस्थापनमा ध्यान दिए मात्र यस्ता योजनाले सार्थकता पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्