८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जति मर्मत गरेपनि बाग्मती सडक खण्डको खाल्डाखुल्डी जस्ताको त्यस्तै


0
Shares

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत धन्सार बाग्मती सडक खण्डको खाल्डाखुल्डी वर्षै पिच्छे मर्मत गरिएपनि केही दिनमै जस्ताको त्यस्तै हुने गरेको छ ।

सडकको खाल्डाखुल्डी मर्मतमा सडक डिभिजन कार्यालयबाट गएको तीन आर्थिक वर्षमा झण्डै ५० लाख खर्च गरिएको भएपनि परीणाम शुन्य हुँदै आएको हो ।

परीणाम र मापदण्ड अनुरुप मर्मत कार्य नभएको कारण २७ किलोमिटर सडकको खाल्डा पुरेको केही महिनामानै समस्या बल्झीने गरेको छ । सडक मर्मत गर्न ठेक्का लगाउदा महगो पर्ने भन्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले मजदुर लगाएर आफैँ मर्मत गर्दै आएको छ ।