
काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।
गौरिकाको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छिन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् ।
सिंह १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् । टोकियो ओलम्पिकमा पौडीबाट सहभागी नेपालका एलेक्जेण्डर शाह एलेक्सले पुरुषको १ सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
तर, उनी हिट चरणबाटै बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्