
तस्बिर फाइल
काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको छ ।
हिजो बिहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको उडानबाट कफीको बट्टा जस्तो बनाएर अवैध रुपमा सुन ल्याइएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहल उक्त सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनु भयो ।
सुनसहित गोरखाका पदम परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारमाथि प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्