२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भारतमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १८ जनाको मृत्यु, २५ जना घाइते


0
Shares

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा बस र ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

दुर्घटनामा २५ जना घाइते भएका छन् । भारतको लखनउ–अयोध्या रोडमा सडक किनारमा रोकिराखेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि सडक किनारमा रोकि राखेको अवस्थाामा पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो ।

बसमा १ सय ४० भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ । धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।