६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अमेरिकी विदेशमन्त्री दुई दिने भ्रमणका लागि भारतमा


0
Shares

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन दुई दिने भ्रमणका लागि भारत पुगेका छन् । भ्रमणका क्रममा ब्लिंकेनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नेछन् ।

ब्लिंकेन भ्रमणमा रहेकोबेला अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारत इन्डो–प्यासेफिक क्षेत्रको एक महत्वपूर्ण साझेदार रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको अमेरिका इन्डो–प्यासेफिक क्षेत्रलाई शान्ति, स्थीरता, समृद्धियुक्त क्षेत्र बनाइराख्न भइरहेका प्रयासमा भारतलाई एक महत्वपूर्ण साझेदार एवम् विश्वकै शक्तिका रुपमा आउने कुरामा समर्थन गर्दछ भनि उल्लेख गरिएको छ ।

विज्ञप्तिमा दुई देशबीचको बढ्दो सैन्य सहयोगबारे पनि उल्लेख छ । अमेरिका र भारतबीच सैन्य सहयोग नयाँ उचाइमा पुग्दैछ ।

यसमा सूचना आदानप्रदान गर्नेदेखि लिएर लायजन अफिसर, मालाबार जस्ता जटिल अभ्यास र सिक्योर कम्युनिकेसन एग्रिमेन्ट जस्ता विशेष सम्झौता सामेल छन् । सन् २०२० सम्ममा अमेरिकाले भारतलाई रक्षा क्षेत्रमा २० अर्ब अमेरिकी डलरसम्म खरिद गर्न सक्ने अनुमान गरिएको छ ।