
एजेन्सी । चीनले आफ्नो आणविक क्षमता विस्तार गरेको अमेरिकाले दावी गरेको छ ।
अमेरिकी वैज्ञानिकहरुले अमेरिकाले आणविक क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्न क्षमता विस्तारमा लागेको अमेरिकी वैज्ञानिकहरुले जनाएका छन् ।
पश्चिमी चीनको सिनजिया प्रान्तमा आणविक गतिविधि गरिरहेको भन्दै अमेरिकी रक्षा विभागले चिन्ता व्यक्त गरेको छ ।
पछिल्लो र्दुइ महिनायता चीनले दुई वटा मिसाइल निर्माण गरिसकेको अमेरिकी अधिकारीहरुको दावी छ ।
सन् २०२० मा पेन्टागनले चीनले आफ्नो आणविक भण्डारणलाई दोब्बर बनाउन लागेको आराप लगाएको थियो ।
उक्त आरोपको चीनले खण्डनसमेत गरेको थियो ।
चीनका आणविक गतिविधिले अमेरिका र रुस हतियार नियन्त्रणका लागि लामो समयदेखि प्रयास भइरहेको वार्तासमेत बिथोलिएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्