
काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताउनुभएको छ ।
बिहीबार बिहान भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले यस्तो आफ्नो प्राथमिकतामा कोभिड–१९ र बाढीपहिरोबाट प्रभावितहरू रहेको बताउनुभयो । उहाँले अब नियमित कामका साथै समग्र योजनाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताउनुभयो ।
उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ, त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरु मन्त्रालयहरूलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरूलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, सबैबाट यही अपेक्षा छ ।’
उपाध्यक्ष पौडेलले आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्