२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्बले घट्यो


0
Shares

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से १५ अंकले घटेर ३ हजार ७९ विन्दुमा थामिएको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । सेन्सेटिभ इन्डेक्स पनि ३ अंकले घटेर ५ सय ५० विन्दुमा झरेको छ ।

बिहीबार कारोबारमा आएका १३ वटा समूहमा होटल तथा पर्यटन ४५ अंक र विकास बैंक समूह ५३ अंकले बढ्नुबाहेक अन्य समूहमा हरियाली छाउन सकेन ।

यस दिन रिदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सकारात्मक सर्किट लाग्दै सबैभन्दा बढी कमाउँदा गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ७ प्रतिशतले गुमाएका छन् ।

बिहीबार २ सय १७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँको कारोबार भएको छ । यो बुधबार भन्दा ३ अर्ब रुपैयाँ कम हो ।