
परासी । भारत लैजान लागेको करिब एक करोड रुपैयाँ बराबरको अवैध हरियो केराउ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको छ ।
तीन वटा ट्रक र ७ वटा पिकअप भ्यानमा लोड गरेर परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट लैजाँदै गरेको अवस्थामा केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
बरामद भएको केराउको परिमाण ७ सय ३० क्विन्टल छ । बरामद भएका केराउबारे आवश्यक अनुसन्धान भइरहेको लामाले जानकारी दिनुभयो ।
पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट केराउ तस्करी बढ्न थालेपछि प्रहरीले विभिन्न स्थानमा चेकिङ्ग प्वाइन्ट राखेर चेकजाँचलाई तीव्रता दिएको छ ।
नेपालमा भन्दा भारतमा प्रतिकेजी ३० देखि ४० रुपैयाँ नाफा बढी हुने गरेकाले सीमावर्ती नाकाबाट केराउ तस्करी हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्