१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ललितपुर महानगरले भोलिदेखि भेरोसेल खोप लगाउन सुरु गर्ने, १८ गतेदेखि जोन्सनको


0
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले शुक्रबार(भोलि)देखि भेरोसेलको पहिलो मात्रा खोप लगाउन सुरु गर्ने भएको छ ।

४५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई लक्षित गर्दै महानगरपालिकाले आगामी तीन दिन २९ वटै वडाबाट खोप दिन लागिएको महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।

यस्तै, महानगरपालिकाले साउन १८ गतेदेखि जोन्सन एण्ड जोन्सनको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले उमेर पुगेका स्थानीयलाई नागरिकता वा उमेर खुल्ने प्रमाणपत्र बोकेर खोप लगाउन जान पनि आग्रह गरेको छ ।