
एजेन्सी । अमेरिकाले अफ्गानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाएसँगै त्यहाँ रहेका आफ्ना सहयोगीलाई पनि अमेरिका बोलाएको छ । अफगानिस्तानमा आफ्ना सेनालाई भाषामा सहजिकरण गर्ने करिब २५ सय दोभाषे र उनीहरुका परिवारलाई अमेरिका बोलाइएको हो ।
आफ्ना सेना फिर्ता भएपछि ती नागरिकहरु तालिवानी लडाकूबाट असुरक्षित रहेन भन्दै अमेरिकाले उनीहरुलाई आफ्नो देशमा स्थान दिएको हो । उनीहरुलाई विशेष आप्रवासी भिषा उपलब्ध गराइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकी सेनाको विशेष कार्यक्रम अन्तर्गत ती नागरिकलाई सुरक्षा दिइने छ । सन् २०१८ देखि अमेरिकाले सो कार्यक्रममार्फत करिब ७० हजार भन्दा बढी अफगान नागरिकलाई अमेरिका प्रवेशमा अनुमति दिइसकेको छ । यस वर्षमात्र सो कार्यक्रमका लागि २० हजार भन्दा बढीले आवेदन दिएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्