१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरस्वती ओलम्पिकको हिट चरणबाटै बाहिरिइन्


0
Shares

एजेन्सी । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको हिट चरणबाटै बाहिरिएकी छिन् ।

महिला सय मिटर दौडमा आज बिहान प्रतिस्पर्धा गरेकी सरस्वतीले १२ दशमलव ९१ सेकेडमा रेस पूरा गरिन् ।

यो स्पर्धामा सरस्वतीले आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शन समेत गर्न सकिनन् । महिला सय मिटर दौडमा सरस्वतीको उत्कृष्ट समय १२ दशमलव ५५ सेकेण्डको थियो ।

यो विधामा नेपालको राष्ट्रिय कीर्तिमान देवीमाया पनेरुको नाममा १२ दशमलव २० सेकेन्डको रहेको छ । टोकियो ओलम्पिकको महिला सय मिटर दौडमा सरस्वती दोस्रो हिटका ९ खेलाडीमध्ये आठौं स्थानमा रहिन् ।

सरस्वतीको प्रदर्शनसँगै टोकियो ओलम्पिक्समा नेपालबाट सहभागी सबै पाँच खेलाडीको प्रतिस्पर्धा सकिएको छ । यसपटक पौडीका अलेक्स शाह र गौरिका सिंह तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका छन् । जुडोकी सोनिया भट्ट भने पहिलो बाउटमै पराजित भइन् ।