७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


रक्तकाली टि स्टेटमा आगलागी


0
Shares

इलाम । इलामको सूर्योदय नगरपालिका– ८ मालुममा रहेको रक्तकाली टि स्टेटमा आगलागी भएको छ । दिनेश माझीले सञ्चालन गरेको उद्योगमा गएराति १२ बजेबाट आगालागी भएको हो ।

विद्युत् चुहावटबाट आगालागी हुँदा उद्योगमा रहेको तयारी चिया, प्रशोधन गर्ने मेसिन र अन्य भौतिक पूर्वाधार गरी करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सुरक्षा निकाय, स्थानीय र नगर प्रहरीले सूर्योदय नगरपालिकाको दमकलको सहयोगमा साढे ५ घण्टापछि आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ ।