१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै


0
Shares

काठमाडौं । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएकाे हाे । खाेप दिउँसाे काठमाडाै आइपुग्नेछ ।

नेपालले चीनससँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणकाे खोप ल्याउन लागिएको हाे ।

चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । त्यो खोप कहिले आउँछ भन्नेबारे टुंगो लागेको छैन ।