१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार प्रदेशमा ठुलो पानी पर्ने सम्भावना


0
Shares

काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठुलो वर्षा हुने सम्भावना रहको छ ।

देशका बाँकी भागको मौसम सफा रहने जल तथा माैसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा अनुसार काठमाडौं उपत्यकामा पनि बदली हुने सम्भावना रहेको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर २७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।