२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बालुवाटारमा देउवा र दाहालबीच छलफल


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ ।

छलफलमा मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय भागबण्डाका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।

कुन मन्त्रालय कसलाई दिने भन्नेबारेमा प्रमुख सत्ता साझेदार दुई दलबीच हालसम्म सहमति भइसकेको छैन । तर, आइतबारसम्ममा मन्त्रालयको छिनोफानो गरेर सोमबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको सचिवालयले जनाएको छ ।

प्रचण्डलाई पार्टीभित्र मन्त्रालयको भागबन्डा लगाउन समस्या देखिएको छ । देउवालाई भने कसलाई कुन मन्त्रालयको जिम्मा दिनेबारे खासै समस्या देखिँदैन । देउवा सरकारमा अहिले चार मन्त्री र एक राजमन्त्री नियुक्त भएका छन् ।

माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्री हुँदा कांग्रेसबाट गृहमा बालकृष्ण खाँड, कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ मन्त्री भएका छन् ।