
काठमाडौं । काठमाडौंमा जारी खोप अभियानलाई आज आइतबार पनि निरन्तरता दिइएको छ ।
भेरोसेल खोपको पहिलो मात्रा तोकिएका खोप केन्द्रहरुमा लगाइने जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
कार्यलयकाअनुसार प्रसुती गृह अस्पताल, थापाथली, काठमाडौ मेडिकल कलेज, सिनामङगल, निजामती कर्मचारी अस्पताल, बानेश्वर, शिक्षण अस्पताल, महाराजगन्ज, राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसीमा खोप लगाइदै छ ।
त्यसैगरि, शसस्त्र प्रहरी अस्पताल बलम्बु गरि ६ स्थानमा अत्यावश्यक सेवामा कार्यरत ब्यक्तिहरुको लागि मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाइने कार्यालयले जनाएको छ ।
त्यस्तै, कार्यालयकाअनुसार काठमाडौं महानगरपालिकाका ३२ वडाको खोप केन्द्र र अरु १० वटा नगरपालिकाका खोप केन्द्रहरुमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम यथावत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्