
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ चालिसे गाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।
साउन १४ गतेको पुजामा सहभागीहरू मध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो ।
सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको उहाँले जानकारी दिनुभयो ।
बिरामीमध्ये ३ जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ । अन्य बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले बताउनुभयो ।
उनीहरुमा फुडपोइजनका कारणले झाडापखाला लागेकोले ४८ घण्टासम्म सबैलाई ठिक भइसक्ने स्वास्थ्यकर्मीले बताएका छन्
प्रतिक्रिया दिनुहोस्