
काठमाडौं । सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् ।
नेपाल बीमक संघको आह्वानमा २० वटा निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी नगर्ने औपचारिक निर्णय नै गरेका हुन् । सरकारले बजेट निकासी नगर्दा कम्पनीहरूले वैशाख यता नै कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ गरेका थिए ।
अहिले औपचारिक रूपमा नै कोरोना बीमाको दावी भुक्तानी स्थगन गरिएको संघले जनाएको छ । सरकारले प्रतिबद्धता गरेअनुसार रकम निकासी नगर्दा दाबी भुक्तानी स्थगन गरिएको संघको भनाइ छ ।
सरकारले रकम निकासी नगरेको अवस्थामा कम्पनीहरूलाई आफ्नै कोषबाट दाबी भुक्तानी गर्न समस्या भएको र अब सरकारले रकम निकासी गरेपछि मात्र दाबी भुक्तानीको काम शुरू हुने संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्