१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कृष्णनगर चार लेनको सडक निर्माण सुस्त


0
Shares

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटा कृष्णनगर सडकखण्डको निर्माण कार्यले गति नलिंदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । बर्षामा हिलाम्मे र गर्मिमा धुलाम्मे हुने सडकखण्ड निर्माणको काम अहिले ठप्प छ ।

तीन बर्ष अघि सुरु भएको २० किलोमिटर सडकको कार्य प्रगति ४० प्रतिशत पनि पुगेको छैन । सडकमा ठूला खाल्डा र अग्ला ब्रेकर भएका कारण सवारी साधनमा क्षति पुग्ने गरेको गुनासो स्थानीयले गरेका छन् । कालिका दिनेशचन्द्र जेभीले ठेक्का लिएको उक्त सडकको लागत ९१ करोड १० लाख रुपैयाँ रहेको छ ।