
एजेन्सी । लेवनानमा अन्त्यष्टी कार्यक्रम भईरहेको स्थानमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी दुई जनाको हत्या गरेको छ । केही दिन अघि मारिएका हिजबुल्लाह कमाण्डरको अन्त्यष्टीमा गोली प्रहार हँदा २ जनाको ज्यान गएको हो ।
बेरुत शहरमा भेला भएकाहरु माझ गोली चलेपछी अन्त्यष्टीका सहभागीहरुबीच भागदौड मच्चिएको थियो । सबैभन्दा शक्तिशाली इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका कमाण्डर मारिएपछि शोकमा रहेका सर्वसाधारणमाथि गोली प्रहार गर्ने ब्यक्तिको ब्यापक खोजी भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्