२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनीमा कोरोना संक्रमण उच्च, अस्पताल बिरामीले भरिए


0
Shares

काठमाडौं । पछिल्लो दुई हप्तामा लुम्विनी प्रदेशमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सञ्चालन भएसंगै कोरोना कोरोना संक्रमित बढेका हुन् ।

बजारमा चहलपहल बढ्े पनि स्वास्थ्य सुरक्षा नअपनाएका कारण संंक्रमितको संख्या बढेको हो । संक्रमितहरुमा प्राय व्यापारी तथा पेशाकर्मीहरु रहेको पाइएको छ ।

परीक्षण गरिएका मध्य तीस प्रतिशतलाई कोरोना संक्रमण पुष्टी भएको छ । रुपन्देही भन्दा छिमेकी जिल्लाहरु अर्घाखाँची, गुल्मी, कपिलवस्तु लगायतका जिल्लाहरुमा कोरोना संक्रमण बढिरहेको छ ।

कोरोना संक्रमण बढेसंगै लुम्विनी प्रादेशिक अस्पतालका कोरोना वार्डहरु सबै भरिएका छन् । त्यस्तै प्रदेशमा ज्वरो तथा रुघाखोकीका विरामीहरु पनि बढेका छन् ।