६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पूर्व माओवादी र ठाकुरको रिटमाथि आज सुनुवाई


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीमा परेका चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाईका लागि पेसी तोकिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले दायर गरेको रिट निवेदनको सुनुवाई तोकिएको हो ।

उक्त रिट निवेदनमाथि यसअघि दुई पटक पेसी तोकिए पनि सुनुवाई हुन सकेको थिएन । पहिलोपटक पेसी तोकिएको दिन उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो भने दोस्रो पटकको पेसीमा रिट निवेदक पक्षकै कानुन व्यवसायीको आग्रहमा सुनुवाई स्थगित गरिएको थियो ।

यसैबीच, जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमै आज उक्त रिट निवेदनको पेसी तोकिएको छ । निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिनुभएको हो ।