
काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ ।
खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको घोषणा गर्नुभएको हो ।
उहाँले राष्ट्रिय क्रिक्रेटमा भने खेल्ने जनाउनुभएको छ । पारसले सन् २००४ मा १५ वर्षदेखि क्रिक्रेट खेल्न सुरु गर्नुभएको हो ।
‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उहाँले भन्नुभएकाे छ, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’
उहाँकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि एक दिवसिय मान्यतासम्म प्राप्त गरेको थियो ।
नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गर्नुभयो ।
एसोसिएट क्रिकेटकै स्टार खेलाडीको रुपमा रहेका पारसले केही विदेशी फ्रेन्चाइज लिगमा पनि खेल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्